Skip to content
नाडा अटो शो २०२५ मा स्काइवेलका बीई–११ र ईटी–५ मोडलका १३१ वटा गाडी अफरमा बुकिङ भएका छन् ।
बुकिङ गर्ने ग्राहकलाई युरोप टुर, हिराको हार र लक्की ड्र मार्फत रोलेक्स घडी जित्ने मौका मिल्नेछ ।
लक्जरी र प्रीमियम ईभी एसयूभीका रुपमा परिचित स्काइवेल ईटी–५ ले एकपटकको चार्जमा ६२० किलोमिटर रेन्ज दिने क्षमता राख्छ ।
यसमा ८५.९ किलोवाट आवरको ब्याट्री, १५० किलोवाट क्षमताको मोटर, अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, प्यानोरामिक सनरूफ लगायत आधुनिक सुविधा उपलब्ध छन् ।
स्काइवेलका सवारी नेपालमा जि मोटर्सका आफ्नै शोरुम र डिलरमार्फत उपलब्ध छन् भने कम्पनीले देशका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
यो मोडल जर्मनी, इजरायल, टर्की, रसिया सहित ५८ भन्दा बढी देशमा बिक्री भइरहेको छ ।
Post Views: 454