चिनियाँ कम्पनी चेरी अटोमोबाइलको सबब्रान्ड आईकार नेपालमा प्रवेश गरेको छ।
एसपीजी अटोमोबाइलले सोमबार आईकार भी–२३ लाईफस्टाइल विद्युतीय एसयूभी सार्वजनिक गरेको हो।
यसको टप भेरियन्टको मूल्य ४७ लाखभन्दा कम हुने कम्पनीले जनाएको छ।
आईकार भी–२३ मा १०० किलोवाट मोटर र ५९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ, जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिन्छ।
सहर र अफरोड दुवैका लागि उपयुक्त यो गाडीमा २७३५ एमएम ह्वीलबेस, २१० एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सिट, १५.४ इन्च स्क्रिन, एडास फिचर, अटो पार्किङ र विभिन्न सुरक्षा प्रविधि उपलब्ध छन्।
स्क्वायर बक्स डिजाइन, स्मोक्ड ग्रिल, राउन्ड हेडलाइट र ६ रंगको विकल्पसहित आएको यो एसयूभी बलियो स्टिल बडीमा बनेको छ।
कम्पनीका अनुसार भी–२३ ले उच्च सुरक्षा मापदण्ड पूरा गरेको छ र टिकाउपनमा भरपर्दो छ।