बोक्से-सिगाना सडकमा बायो इन्जिनियरिङ

बागलुङको बोक्से-सिगाना सडक संरक्षणका लागि ‘बायो इन्जिनियरिङ’ प्रविधि प्रयोग गरिएको छ।

१० किमी लामो कालोपत्र सडकमा खसेका पहिरो रोक्न निर्माण कम्पनी कर्ण बिल्डर्सले नेपियर घाँससहित विभिन्न बिरुवा रोपेका छन्।

कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठका अनुसार, यसले सडकलाई सुरक्षित राख्नुका साथै आपतकालीन जोखिम व्यवस्थापन, जलवायु अनुकूलन र जैविक विविधता संरक्षणमा पनि मद्दत गर्नेछ।

नेपियर जातका झण्डै १५०० भन्दा बढी घाँस रोपिएका छन्। यी घाँसले पहिरो रोक्ने मात्र नभई किसानलाई पशुपालनमा पनि सहयोग पुर्‍याउनेछन्।

विशेषज्ञका अनुसार, काँस, अम्रिसो, असुरो, बाँसजस्ता बिरुवासहितको बायो इन्जिनियरिङ प्रविधिले पहिरो नियन्त्रण र पानीका मुहान संरक्षणमा प्रभावकारी काम गर्छ।

ठेक्का सम्झौता अनुसार करिब २९ करोड ३८ लाखमा बनेको यो सडक दिगोपनाका लागि हरित व्यवस्थापनसहित सुरक्षित बनाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *