भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर

डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर विस्तार गरेको छ।

ग्राहकलाई सहज र भरपर्दो सेवा दिने उद्देश्यले बौद्धस्थित पिपलबोटमा यो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो।

कम्पनीले जनाएको अनुसार, सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिक उपलब्ध छन्। यसले स्कुटरको मर्मत तथा सेवा प्रभावकारी बनाउन सहयोग गर्नेछ।

ग्राहकले अब सर्भिस, मर्मत तथा स्पेयर पाट्र्स एउटै छानामुनि पाउने सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका निर्देशक तथा सीईओ विजय महतोका अनुसार नयाँ सर्भिस सेन्टरले बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउने र ग्राहकलाई अझ नजिक बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *