लक्ष्मी अटोमोटिभ डिभिजनले ‘लाक्स पेरिएन्स’ नामक विशेष पारिवारिक कार्यक्रम गर्ने भएको छ।
‘जोय, ड्राइभ, फुड’ नारासहित यो कार्यक्रम भदौ ७ र ८ गते (शनिबार र आइतबार) काठमाडौंको गैरीधारा स्थित सिल्भर ओकमा बिहान ११ बजेबाट बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा लक्ष्मी ग्रुप अन्तर्गतका हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ ब्रान्डका गाडी एउटै छानामुनि प्रदर्शन गरिनेछ।
प्रिमियमदेखि व्यावहारिक मोडलसम्मका गाडी प्रदर्शनीमा राखिने भएकाले सबै वर्गका ग्राहकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ।
यो कार्यक्रम केवल गाडी प्रदर्शनी नभई मनोरञ्जनात्मक उत्सव पनि हुनेछ। सहभागीले बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभमार्फत गाडी चलाएर अनुभव लिन पाउनेछन्।
साथै, लाइभ संगीत, रमाइला खेल, आकर्षक उपहार, स्विमिङ सुविधा, किड्स जोन, नेल आर्ट, मेहेन्दी, गाडी एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स र बीमा सम्बन्धी जानकारीजस्ता आकर्षणसमेत हुनेछन्।
बुबाको मुख हेर्ने दिन र हरितालिका तीजकै अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमलाई पारिवारिक जमघट र खुसी बाँड्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ।
लक्ष्मी अटोमोटिभले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।