Skip to content
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा हालसालै भित्र्याएको प्रिमियम इलेक्ट्रिक गाडी फोर्थिङ फ्राइडे चर्चामा छ।
कम्पनीले बिक्रीसँगै बिक्री पछिको सेवामा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
यसै क्रममा, कम्पनीले ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ नामक आकर्षक अफर सार्वजनिक गरेको छ।
यो योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई देखाउने विश्वास लिएको छ।
यस स्किमअन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस, र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउने सुविधा हुनेछ।
कम्पनीका अनुसार यो अफरले इलेक्ट्रिक सवारीसाधनलाई अझ आकर्षक बनाउनेछ र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्नेछ।
यससँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा र ग्राहक–मैत्री अनुभवमा समर्पित प्रिमियम ईभी ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
Post Views: 294