पोखरामा प्रोटन इमास ७ वितरण

नेपालमा प्रोटन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा १० वटा प्रोटन इमास ७ इलेक्ट्रिक एसयूभी ग्राहकलाई एकैसाथ हस्तान्तरण गर्दै नयाँ कीर्तिमान बनाएको छ।

कार्यक्रममा प्रोटन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो, जसले नेपालको ईभी बजारमा प्रोटनको उपस्थिति मजबुत हुँदै गएको देखाएको छ।

पूर्ण रूपमा विद्युतीय एसयूभी प्रोटन इमास ७ स्टाइल, उच्च प्रदर्शन, आधुनिक प्रविधि, किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ प्रस्तुत गर्ने भन्दै ग्राहकको विश्वास जित्न सफल भएको छ।

१६० किलोवाट मोटर, ठूलो इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र ८ वर्षसम्मको ब्याट्री वारेन्टी यसको प्रमुख आकर्षण हुन्।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले यो हस्तान्तरणलाई ‘विश्वासको उत्सव’ भन्दै पोखरावासीले स्वच्छ र स्मार्ट यातायात अँगाल्न थालेको बताए।

कार्यक्रमले प्रोटनको ग्राहक-केन्द्रित योजनाहरू, जस्तै आकर्षक फाइनान्सिङ, भरपर्दो सेवा र सहज आफ्टर-सेल्स सपोर्टप्रति प्रतिबद्धता पनि देखाएको छ।

प्रोटन नेपालले देशभर शोरूम र सेवा सञ्जाल विस्तार गर्दै नेपाली परिवार र व्यवसायलाई ईभीतर्फ सहज रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *