Skip to content
नाडा अटो शो २०२५ मा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ। तेस्रो दिनसम्म पुग्दा ७८ हजार ५१३ जनाले अटो शो अवलोकन गरिसकेका छन्।
नाडाका अध्यक्ष करण चौधरीले यो उपस्थितिले अटो शो ऐतिहासिक बनेको बताए।
आठ गतेसम्म चल्ने अटो शोमा बाँकी दिनहरूमा अझ धेरै दर्शकको भीड हुने विश्वास गरिएको छ।
चारपांग्रे सवारीसाधनप्रति विशेष आकर्षण देखिएको छ भने विद्युतीय (इभी) गाडीहरू धेरैको रोजाइमा परेका छन्।
यसपटक कम्पोनेन्ट्सका स्टलहरूमा पनि दर्शकको चासो बढेको नाडाले जनाएको छ।
Post Views: 101