जिली ईएक्स५ र जेवाई एयर सार्वजनिक

विश्वप्रसिद्ध चिनियाँ ईभी ब्राण्ड जिली ईएक्स५जेवाई एयर का मोडलहरू नाडा अटो शो २०२५ मा भृकुटीमण्डप, काठमाडौंमा आज सार्वजनिक गरिएको छ।

सार्वजनिक भएसँगै जिली ईएक्स५ म्याक्स, ईएक्स५ प्रो, जेवाई एयर अल्ट्रा र एयर लाईट अत्याधुनिक फिचर र आकर्षक अफरसहित नेपाली बजारमा टेस्ट ड्राइभ र खरिदका लागि उपलब्ध भएका छन्।

यी गाडीहरू एलआरआर मोटर्सले नेपालमा भित्र्याएको हो, जुन ड्रिमस्मार्ट चाइनाको आधिकारिक आयातकर्ता तथा जेवाई अटो ग्रुपको नेपाल प्रतिनिधि पनि हो।

यस वर्षको अटो शोमा कम्पनीले ग्राहकलाई लक्षित गर्दै विशेष छुट योजना घोषणा गरेको छ।

अब जिली ईएक्स५ म्याक्स रु. ६४.९९ लाखमै उपलब्ध छ, जुन वास्तविक मूल्यभन्दा रु. ३ लाख कम हो।

त्यस्तै, जिली ईएक्स५ प्रो रु. ५४.९९ लाखमै खरिद गर्न सकिन्छ, जबकी यसको प्रारम्भिक मूल्य रु. ५८ लाख थियो।

जेवाई एयर मोडलहरूमा पनि छुट घोषणा गरिएको छ।

जेवाई एयर अल्ट्रा रु. ६८ लाखबाट घटाएर रु. ६४.९९ लाखमा उपलब्ध छ।

त्यस्तै, जेवाई एयर लाईट रु. ५४ लाखबाट घटाएर रु. ४९.९९ लाखमा पाउन सकिन्छ।

यी अफरसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्तामाझ ई–मोबिलिटीलाई सहज र आकर्षक बनाउन खोजेको छ।

कम्पनीले दुवै मोडल खरिद गर्ने ग्राहकका लागि विशेष बुकिङ योजना पनि ल्याएको छ।

रु. २ लाखको नन–रिफण्डेबल बुकिङ गर्नेले छुटसहितको मूल्य सुरक्षित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स, एक तोला सुन, वा रु. १.८० लाखसम्म नगद छुट मध्ये कुनै एक जित्ने अवसर पाउनेछन्।

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य दिने र ई–मोबिलिटीलाई अझ लोकप्रिय बनाउने कम्पनीको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *