नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८२ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इ–भिटारा प्रदर्शनीमा राखेको छ।
यसै अवसरमा कम्पनीले दशैं–तिहारलाई लक्षित गरी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ घोषणा गरेको छ।
यस अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको निःशुल्क बीमा, ६ वर्षका लागि निःशुल्क PMS पार्ट्स, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र आकर्षक एक्सेसरिज पाउनेछन्।
शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्म छुट पाउने मौका हुनेछ।
त्यस्तै १० भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्न सक्नेछन्।
अल्टो र सेलेरियो मोडेलमा १ वर्षसम्म शून्य ब्याजदरको सुविधा पनि उपलब्ध हुनेछ, जसमा केही शर्त लागू हुनेछन्।
सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी इ–भिटारा सार्वजनिक गर्दै नेपालको ई–मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ।
यो एसयूभी विश्वस्तरीय डिजाइन, अत्याधुनिक इलेक्ट्रिक प्रविधि र सुजुकीको भरपर्दो डीएनएको उत्कृष्ट संयोजनको रूपमा प्रस्तुत गरिएको छ।
नेपाली सडक, भौगोलिक विविधता र जीवनशैलीलाई ध्यानमा राखी इ–भिटारालाई परिष्कृत र अनुकूलन गरिएको कम्पनीले जनाएको छ।
यसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएको छ।
कम्पनीका अनुसार भारतमा उत्पादन हुने यो मोडेल १०० भन्दा बढी देशमा बिक्री गरिनेछ।
सुजुकीले इ–भिटारासँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजनासमेत बनाएको छ।
त्यससँगै, विभिन्न बजारअनुसार ब्याट्री इलेक्ट्रिक, हाइब्रिड, सिएनजी र बायोफ्युल्स प्रविधिसहितका ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्ने कम्पनीको योजना छ।