सारथीइकुटरमा २५ हजार छुट

नाइमा अटो शो २०२५ को अवसरमा विभिन्न कम्पनीहरूले विशेष अफर सार्वजनिक गरिरहेका छन्।

यसै क्रममा, नेपालका लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड सारथीइकुटर ले आकर्षक छुट अफर ल्याएको छ।

 

साउन २१ देखि २५ गतेसम्म लागु हुने यस अफर अन्तर्गत, सारथीइकुटरका दुई मोडेल—E3 र Winger स्कुटर खरिद गर्दा ग्राहकहरूले रु. २५,००० नगद छुट पाउनेछन्।

साथै, १ वर्षको कर, १ प्रिमियम हेलमेट१ रेनकोट पनि निःशुल्क दिइनेछ।

अफरका मुख्य बुँदाहरू:

  • अफर केवल नगद खरिदमा लागू

  • किस्ताबन्दी पनि उपलब्ध – २०% डाउनपेमेन्टमा अधिकतम ३ वर्षको फाइनान्स सुविधा।

  • दैनिक एक्सचेन्ज अफर – जुनसुकै ब्रान्डको पेट्रोल वा EV बाइक/स्कुटर साट्न सकिने।

  • E3 स्कुटरमा ३००० वाट मोटर, Winger मा ३९०० वाट मोटर

  • दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री जसले अधिकतम १२० किमी रेन्ज दिन सक्छ।

  • E3 को मूल्य: रु. २,१६,०००

  • Winger को मूल्य: रु. २,०९,०००
    (अहिलेको अफरमा दुबैमा २५ हजार छुट)

यी स्कुटरहरूका लागि नेपालको आधिकारिक वितरक ‘Zero Emission Ride N’ हो।

 

कम्पनीले नेपालभर सबैभन्दा बढी सर्भिस सेन्टरचार्जिङ प्वाइन्ट उपलब्ध गराएको दाबी गर्दै आएको छ।

यस कम्पनीले ६ वर्षदेखि ‘Luyuan’ ब्रान्डका EV स्कुटर पनि बिक्री गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *