पहिरोले सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध

सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको छ ।

मंगलबार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरस्थित सडक खण्डमा पहिरो झरी सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस सडक खण्डमा यस अघि सोमबार साँझ घुम्ती नजिकै सडकमाथि बाट लेदोसहितको पहिरो झरी सडक अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *