नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित पहिलो सवारीसाधन प्रदर्शनी, ‘नेपाल मोबिलिटी एक्स्पो’ को तयारी तीव्र पारिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा साउन २१ गतेदेखि सुरु हुने यस प्रदर्शनीको स्टल निर्माण कार्य लगभग ५० प्रतिशत सम्पन्न भइसकेको छ।
प्रदर्शनीमा जम्मा ४८ वटा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शन गरिनेछ।
यसमा २१ वटा चार पाङ्ग्रे, १८ वटा दुई पाङ्ग्रे र ९ वटा लाइट कमर्सियल ब्रान्डहरूका लागि स्टल छुट्याइएको छ।
स्टल निर्माणमा २०० भन्दा बढी कामदारहरू खटिएका छन् र फ्लोरिंगको काम पनि ८० प्रतिशत सकिएको छ।