Skip to content
नेपालमा पछिल्ला केही वर्षयता पेट्रोलियम पदार्थको आयातमा लगातार कमी आइरहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको तुलनामा ४.२९ प्रतिशतले घटेर भारु २ खर्ब ८७ अर्ब ६५ करोडमा झरेको छ।
यो गिरावटको मुख्य कारणहरूमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र घरमा खाना पकाउन मट्टीतेलको सट्टा बिजुली र ग्यासको प्रयोगलाई मानिएको छ।
दश वर्षअघि कुल आयातको २६ प्रतिशत हिस्सा ओगटेको पेट्रोलियम पदार्थको हिस्सा अहिले १६ प्रतिशतमा झरेको छ।
यसले नेपालको ऊर्जा खपत प्रवृत्तिमा आएको ठूलो परिवर्तनलाई संकेत गर्छ।
विद्युतीय सवारी साधनको बिक्री कुल सवारीको ७६ प्रतिशत पुगेको र इन्जिनको सुधारले पनि पेट्रोल तथा डिजेलको खपत घटाउन मद्दत गरेको छ।
Post Views: 272