यातायात कार्यालय जनकपुरधामको राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार ९ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यो राजस्व चालक अनुमतिपत्र वितरण, नवीकरण, जरिबाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण, रुट परमिट, नामसारी र पटके लगायतका विभिन्न शीर्षकबाट सङ्कलन गरिएको हो।

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहका अनुसार, विद्युत समस्या समाधानका लागि सोलार जडान गरिएपछि सेवाप्रवाहमा सुधार आएको छ।

उक्त अवधिमा सरकारी, सार्वजनिक, भाडाका साथै निजी ठूला, मझौला तथा साना गरी कुल ८ हजार ५७ वटा सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *