Skip to content
भारतमा दैनिकजसो विमानमा प्राविधिक खराबीका समाचार प्रकाशमा आउन थालेको छ ।
अवतरणका क्रममा एयर इन्डियाको विमानमा आगो लागेको घटना प्रकाशमा आएको भोलिपल्ट अर्को विमानमा उडान भर्ने क्रममा आगलागी भएको समाचार बाहिरिएको छ ।
बुधबार इन्डिगो एयरको एउटा विमान उड्न लाग्दा इन्जिनमा आगो लागेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहमदाबादबाट दीउतर्फ जान लागेको विमान रनवेमा पुगेर उड्नै लाग्दा एउटा इन्जिनमा आगो लागेको हो ।
पाइलटले तत्काल थाहा पाएपछि एयर ट्राफिक कन्ट्रोलमा आपतकालीन सन्देश प्रवाह गरी विमानलाई रोकेका थिए ।
लगत्तै विमानका सबै यात्रीलाई आपतकालीन अवस्थामा उद्धार गरिएको थियो ।
यो घटना बुधबार बिहान करिब ११ बजे भएको बताइएको छ ।
विमानमा ६० यात्री सवार थिए ।
त्यसको अघिल्लो दिन अर्थात् मंगलबारमात्र हङकङबाट नयाँ दिल्ली आइपुगेको एयर इन्डियाको विमानमा आगो लागेको थियो ।
उक्त घटनामा यात्री र चालक दलका सदस्य सकुशल रहे पनि विमानलाई भने सामान्य क्षति भएको थियो ।
Post Views: 141