भारतमा फेरि विमानमा आगो

भारतमा दैनिकजसो विमानमा प्राविधिक खराबीका समाचार प्रकाशमा आउन थालेको छ ।

अवतरणका क्रममा एयर इन्डियाको विमानमा आगो लागेको घटना प्रकाशमा आएको भोलिपल्ट अर्को विमानमा उडान भर्ने क्रममा आगलागी भएको समाचार बाहिरिएको छ ।

बुधबार इन्डिगो एयरको एउटा विमान उड्न लाग्दा इन्जिनमा आगो लागेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहमदाबादबाट दीउतर्फ जान लागेको विमान रनवेमा पुगेर उड्नै लाग्दा एउटा इन्जिनमा आगो लागेको हो ।

पाइलटले तत्काल थाहा पाएपछि एयर ट्राफिक कन्ट्रोलमा आपतकालीन सन्देश प्रवाह गरी विमानलाई रोकेका थिए ।

लगत्तै विमानका सबै यात्रीलाई आपतकालीन अवस्थामा उद्धार गरिएको थियो ।

यो घटना बुधबार बिहान करिब ११ बजे भएको बताइएको छ ।

विमानमा ६० यात्री सवार थिए ।

त्यसको अघिल्लो दिन अर्थात् मंगलबारमात्र हङकङबाट नयाँ दिल्ली आइपुगेको एयर इन्डियाको विमानमा आगो लागेको थियो ।

उक्त घटनामा यात्री र चालक दलका सदस्य सकुशल रहे पनि विमानलाई भने सामान्य क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *