भोलेभो एक्ससी६० अगस्ट १ मा

भोलेभोको लोकप्रिय एसयूभी एक्ससी६० भारतमा अगस्ट १ मा नयाँ अवतारमा सार्वजनिक हुँदैछ।

यो दोस्रो पटक फेसलिफ्ट (रूप परिवर्तन) भएर आएको हो।

बाहिरी डिजाइनमा हल्का परिवर्तन गरिएको छ—नयाँ फ्रन्ट ग्रिल, रिडिजाइन गरिएको एलोय ह्विल, र डार्क टेल लाइटहरू राखिएका छन्।

नयाँ Forest Lake, Aurora Silver रंग थपिएको छ भने Mulberry Red पहिलोपटक एक्ससी६० मा उपलब्ध हुनेछ।

गाडीको भित्री भागमा ११.२ इन्चको टचस्क्रिन राखिएको छ जसमा नयाँ एप्स, फिचर्स र ओभर-द-एयर अपडेट हुनेछन्।

स्क्रिनको क्वालिटी २१% ले बढाइएको छ।

यसमा गुगलQualcomm Snapdragon प्लेटफर्म प्रयोग गरिएको छ जसले सिस्टमको गति दोब्बर बनाउनेछ।

हालकै जस्तै B5 माइल्ड हाइब्रिड इञ्जिन नै राखिएको छ। नयाँ फिचरका कारण मूल्य केही बढ्न सक्ने अनुमान छ।

यो गाडी भारतीय बजारमा Mercedes-Benz GLC, BMW X3, र Audi Q5 सँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *