Skip to content
भोलेभोको लोकप्रिय एसयूभी एक्ससी६० भारतमा अगस्ट १ मा नयाँ अवतारमा सार्वजनिक हुँदैछ।
यो दोस्रो पटक फेसलिफ्ट (रूप परिवर्तन) भएर आएको हो।
बाहिरी डिजाइनमा हल्का परिवर्तन गरिएको छ—नयाँ फ्रन्ट ग्रिल, रिडिजाइन गरिएको एलोय ह्विल, र डार्क टेल लाइटहरू राखिएका छन्।
नयाँ Forest Lake, Aurora Silver रंग थपिएको छ भने Mulberry Red पहिलोपटक एक्ससी६० मा उपलब्ध हुनेछ।
गाडीको भित्री भागमा ११.२ इन्चको टचस्क्रिन राखिएको छ जसमा नयाँ एप्स, फिचर्स र ओभर-द-एयर अपडेट हुनेछन्।
स्क्रिनको क्वालिटी २१% ले बढाइएको छ।
यसमा गुगल र Qualcomm Snapdragon प्लेटफर्म प्रयोग गरिएको छ जसले सिस्टमको गति दोब्बर बनाउनेछ।
हालकै जस्तै B5 माइल्ड हाइब्रिड इञ्जिन नै राखिएको छ। नयाँ फिचरका कारण मूल्य केही बढ्न सक्ने अनुमान छ।
यो गाडी भारतीय बजारमा Mercedes-Benz GLC, BMW X3, र Audi Q5 सँग प्रतिस्पर्धा गर्नेछ।
Post Views: 264