नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले चितवनको नारायणगढमा ‘मनसुन प्लान्टेसन एक्सचेञ्ज मेनिया’ सञ्चालन गरेको छ ।
बुधवार शुरू भएको मेला मंगलवारसम्म चल्ने बताइएको छ ।
मालाश्री मोटर्स प्रालिले सञ्चालनमा ल्याएको उक्त मेलामा १०० सीसीदेखि ३१० सीसीसम्मका मोपेड, स्कुटर र मोटरसाइकल छानेर लिन सकिने र नयाँ लन्च भएको स्कुटर जुपिटरको बुकिङ समेत खुलेको जगदम्बा मोटर्सका रिजनल अफिसर शिवकान्त चौधरीले जानकारी दिए ।
एक्सचेञ्ज मेनियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा रू. ३० हजार मूल्यांकनसहित १० हजार थप मूल्यांकन गरिने बताए ।
मोटरसाइकल तथा स्कुटर खरीदमा कम्तीमा रू. ८ हजार छूटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा रहेको मालाश्री मोटर्सका सञ्चालक सरोज अर्यालले जानकारी दिए ।
मेलामा लक्की ड्रमार्फत विभिन्न कर छूट र विभिन्न उपहारको व्यवस्था गरिएको बताइएको छ ।