ट्राफिक नियम उल्लङ्घनबाट राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय पाल्पाले पछिल्ला तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्दै करिब तीन करोड २२ लाख रुपैयाँ जरिवाना स्वरूप राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि चालु आवको जेठ मसान्तसम्म ५९ हजार ७ सय ५५ जनाबाट तीन करोड २१ लाख ९० हजार ६ सय जरिवाना असुल गरिएको हो।

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, भाडा बढी असुली गर्ने, निजी गाडी प्रयोग गरी यात्री बोक्ने लगायतका गतिविधि गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन गरिएको हो ।

प्रमुख आचार्यका अनुसार सडकमा बढ्दो लापरवाही र ट्राफिक नियमको अवज्ञाका कारण समस्या जटिल बन्दै गएको छ।

यही अवधिमा २ सय ४३ वटा सवारी दुर्घटना हुँदा १ सय २४ जनाको ज्यान गएको र ८३ जना घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *