सवारी दुर्घटनामा दुईजनाको मृत्यु

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पाल्हिनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाँचपेडानिवासी २० वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५ डिगवलनिवासी २९ वर्षीय राहुल राजको मृत्यु भएको हो ।

महेशपुर भुजहवाभित्री सडक खण्डको मोडमा भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु२ख ६५४ नम्बरको बससँग सोही दिशातर्फबाट आउँदै गरेको लु४७प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकल बसमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलचालक र मोटरसाइकलमा सवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी वीरदत्त पन्तले बताए ।

दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल परासीमा लगिएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बस र बसचालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *