टाटा ट्याक्सी कर्जा सहकार्य

टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन की प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहनेछ ।

सम्झौतामा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक सावन्त जंग सिजापति र सिद्धार्थ बैंकको तर्फबाट मुख्य खुद्रा बैंकिङ प्रमुख मनोहर केसीले हस्ताक्षर गरेका हुन् ।

यो साझेदारीले स्वरोजगारीसँगै विद्युतीय ट्याक्सीको प्रयोगमा तीव्रता ल्याउनुका साथै सार्वजनिक यातायात प्रणालीमा योगदान पुर्याउने विश्वास लिइएको छ ।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी अत्याधुनिक विभिन्न बिशेषताका कारणले ग्राहक, यात्रु तथा सञ्चालकले मन पराएका छन् ।

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस तथा आरामदायी भएको कारणले गर्दा पनि यो विद्युतीय गाडी ग्राहक, यात्रु तथा संचालक हरुको रोजाईमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *