सडकमा गुड्न थाले १० लाख युनिट बीवाईडी सिगल

नेपाली बजारमा प्रतिक्षा गरिएको बीवाईडीका ह्याचब्याक कार सिगल संसारभर लोकप्रिय बनेको छ ।

यो गाडी सार्वजनिक भएको २७ महिनाको अवधिमा १० लाख युनिट बिक्री हुनुले यसको लोकप्रियतालाई पुष्टि गरेको छ ।

विश्वकै अग्रणी इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले आफ्नो लोकप्रिय मोडल सिगलको १० लाख युनिट बिक्री भइसकेको जनाएको छ ।

छोटो अवधिमा ‘एक मिलियन’ टार्गेट पुरा हुन यो मोडलको लागि सफलता मान्न सकिने र कम्पनीका लागि ठूलो उपलब्धि रहेको दावी गरिएको छ ।

छोटो आकार, स्मार्ट प्रविधि र वातावरणमैत्री डिजाइनका कारण सिगल विश्वभर लोकप्रिय छ ।

यो मोडलले युरोपदेखि ल्याटिन अमेरिका हुँदै एशिया र अफ्रिकासम्मका बजारमा बलियो उपस्थिति बनाएको छ ।

बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पनि सिगललाई छिट्टै नेपाली बजारमा सार्जजनिक गर्ने तयारी गरेको छ ।

साउनमा हुने नाइमा अटो शोमा अथवा भदौमा हुने नाडा अटो शोमा सिगल नेपाली ग्राहकमाझ सार्वजनिक गर्ने तयारीमा साइमेक्स छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *