साओमी कारको उच्च अर्डर

चिनियाँ कम्पनी साओमीले आफ्नो नयाँ विद्युतीय कार वाईयू७ को अर्डर लिन सुरु गरेको छ ।

जसअनुसार ७२ घण्टाको अवधिमा ३ लाख थानसम्म अर्डर भएको कम्पनीले बताएको छ ।

देशभरमा रहेका कम्पनीका ३५१ वटा ईभी खुद्रा स्टोरमा झन्डै ३ लाख १५ हजार ९०० थानसम्म अर्डर आएको समाचारमा उल्लेख छ ।

हरेक साओमी स्टोरमा ८ सय देखि ९०० का बिचमा लक–इन–अर्डर आएको बताइएको छ ।

अर्डरमध्ये ७५ देखि ८० प्रतिशत भने विक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *