जीप दुर्घटनामा एक जनाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८, ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं. ८, ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।

घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *