दुई दिन बन्द गरिँदै लामिडाँडा–सिमभञ्ज्याङ खण्ड

त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गर्दै यो खण्डमा शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्न लागिएको जनाएको छ ।

मकवानपुर रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिच्छ्याउन लागिएको समेत कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *