Skip to content
सरकारले अब नेपालमा युरो-६ प्रदूषण मापदण्ड लागू गरेको छ।
यो नियम नयाँ आउने सवारीसाधनमा मात्र लागु हुनेछ।
दुई, तीन र चार पाङ्ग्रे सवारीमा युरो-५ र चार पाङ्ग्रेभन्दा माथिका सवारीमा युरो-६ अनिवार्य गरिएको छ।
२०६९ सालदेखि युरो-३ मापदण्ड चल्दै आएको थियो।
अब नयाँ मापदण्डअनुसार कार्बन मोनो अक्साइड, नाइट्रोजन अक्साइडजस्ता प्रदूषण तत्वको सीमालाई कडाइ गरिएको छ।
नयाँ नियम पहिले नै पैसा तिरेर अर्डर गरिएका सवारीमा लागू हुने छैन।
तर अब आउन लागेका सबै नयाँ सवारीमा भने यो मापदण्ड अनिवार्य हुनेछ। पुराना सवारीमा भने पुरानै नियम लागु हुनेछ।
यसले नेपालमा प्रदूषण घटाउन सहयोग गर्ने सरकारको विश्वास छ।
Post Views: 380