Skip to content
१२ दिने चलिरहेको इरान इजरायल तनावका कारण बन्द रहेको हवाई मार्ग इरानले पुनः खोल्न थालेको छ।
दुई देशबीचको तनाव केही कमभएसँगै इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू पुनः व्यावसायिक उडानका लागि खोलेको हो।
इरानी सरकारी समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै बीबीसीले राजधानी तेहरानका इमाम खुमैनी र मेहराबाद विमानस्थल भने अझै पनि बन्द रहेको जनाएको छ।
Post Views: 261