Skip to content
चितवनको राप्ती नगरपालिका-४ डडुवामा भएको बस र ईभी भ्यानको ठक्करमा ७ जनाको मृत्यु भयो र १८ जना घाइते भए।
दुर्घटनामा एकै परिवारका तीन सदस्यसहित गर्भवती महिला पनि ज्यान गुमाइन।
हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यानले तीनवटा ट्रक एकैपटक ओभरटेक गर्न खोज्दा धनगढीबाट काँकडभिट्टातर्फ आइरहेको तीव्र गतिको यात्रुवाहक बससँग ठोक्किँदा दुर्घटना भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गति, लापरवाही, र उबडखाबड सडक मुख्य कारण हुन्।
विशेषज्ञहरू भन्छन्, ईभी गाडीमा गियर नहुने र गति एक्कासी बढ्ने हुँदा ब्रेक लगाउँदा समय लाग्ने समस्या हुन्छ, जसका कारण नियन्त्रण गुमेर दुर्घटना भएको हो।
Post Views: 466