त्रिभुवन राजपथ दुई दिन चार घण्टा बन्द हुने

त्रिभुवन राजपथ सडकखण्ड दुई दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।

सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउन लागेको जनाएको छ।

सडक दिउँसो १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *