सरकारले “नेपाल सवारीसाधन प्रदूषण मापदण्ड, २०८२” लागू गर्दै अब नेपालमा केवल यूरो‑५ र यूरो‑६ मापदण्ड पूरा गर्ने सवारीसाधन मात्र आयात र बिक्री गर्न पाइने व्यवस्था गरेको छ।
यस निर्णयले सवारीसाधनको मूल्य औसतमा २०% ले बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन्।
नयाँ मापदण्डअनुसार सवारीमा थप प्रविधि र सेन्सर जडान आवश्यक पर्नाले मूल्य बढ्ने भएको हो।
साथै व्यवसायीहरूले यस्तो परिवर्तनमा तयारी गर्न पर्याप्त समय नपाएको गुनासो पनि गरेका छन्।
सरकार भने वातावरणीय प्रदूषण घटाउने उद्देश्यले यो कदम चालेको बताइन्छ।