ग्लोबल आइएमईका ग्राहकलाई होटल र केबलकारमा छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीइला होटल एण्ड रिसोर्ट मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस सम्बन्धमा ग्लोबल आइएमई बैंकआइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारी ले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार:

  • ग्लोबल आइएमई बैंकका डेबिट/क्रेडिट कार्डधारक तथा

  • मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले

  • आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरूमा १५% छुट

  • मौलाकाली केबलकारको टिकटमा १०% छुट पाउने छन्।

आइएमई समूहले विभिन्न स्थानहरूमा स्तरीय सेवा दिने उद्देश्यले होटल र रिसोर्ट सञ्चालन गर्दै आएको छ।

तीमध्ये प्रमुख स्थानहरू हुन्:

  • होटल ले हिमालय, साके एण्ड फेङ रेस्टुरेन्ट – लाजिम्पाट, काठमाडौँ

  • इला कम्फर्ट – बागलुङ

  • इला होटल एण्ड रिसोर्ट – मौलाकाली, गैँडाकोट

  • लेकसाइट रिट्रीट – पोखरा

ग्लोबल आइएमई बैंकले ग्राहक लाभका लागि समय अनुसारका योजना ल्याउँदै आएको छ।

हालै ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४”युरो मनी “अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत नेपालकै उत्कृष्ट बैंक घोषित भएको छ।

बैंकका हालका सुविधाहरू:

  • ७७ वटै जिल्लामा शाखा विस्तार

  • ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा

  • ६८ एक्सटेन्सन र राजस्व संकलन काउन्टर

  • ३ वटा विदेशी प्रतिनिधि कार्यालय

  • विश्वभरबाट रेमिट्यान्स सेवा (अमेरिका, बेलायत, कोरिया, जापान, भारत, खाडी देशहरू आदि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *