ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्ट मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
यस सम्बन्धमा ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारी ले सम्झौतामा हस्ताक्षर गरेका हुन्।