नेपालकै पहिलो फ्लाइओभर

चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास (फ्लाइओभर) आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै ओभरपास सञ्चालनमा आउने गरी कार्यक्रम तय गरिएको भौतिक पूवार्धार तथा यातायत मन्त्रालयले जनाएको छ ।

नेपालकै पहिलो प्रयोग भएकाले यस ओभरपासमा काम गर्न केही अलमल भएको थियो । ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेट कम्पनीले बिहीबारसम्म ओभरपासमा गाडी गुड्न मिल्ने बनाउन ट्राफिक लाइट, रङरोगन, सडक संकेत, तथा पानीको निकास लगायत सबै काम पूरा गरिसकेको छ ।

ओभरपासको लम्बाइ कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सातदोबाटोतर्फ एक सय ८० मिटर छ। यस ओभरपासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भएको छ ।

गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरेको थियो । गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो ।

अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिर्नुपरेको हो । दैनिक हर्जाना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रतगतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ ।

ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *