सवारीसाधनको कर तथा जरिवाना छुट हुने

आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो । सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका धनीले पछिल्लो तीन आर्थिक वर्षको कर र दस्तुर बुझाए छुटको व्यवस्था गरिएको छ ।

यसमा त्यस अघिका वर्षहरूको यस्तो कर तथा जरिवाना छुट हुने बजेटमा उल्लेख छ ।

यो छुट पाउन आर्थिक वर्ष ०८०/८१, ०८१/८२ र ०८२/८३ को सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवाना ०८३ जेठ मसान्तसम्म बुझाउनुपर्छ ।

“आर्थिक वर्ष २०८१/८२ सम्म प्रचलित कानुनानुसार सवारीसाधन कर नबुझाएका र सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीले पछिल्लो तीन आर्थिक वर्षको सवारीसाधन कर तथा नवीकरण दस्तुर संवत् २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवानामा छुट गरिनेछ,” वाग्मती सरकारले सार्वजनिक गरेको नयाँ बजेटको बुँदा नम्बर–२१४ मा उल्लेख छ ।

यसबाट लामो समयसम्म पनि सवारी साधनको कर तथा दस्तुर नबुझाएका सवारी धनीहरु लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *