नवलपरासीको दाउन्ने र दुम्कीबास क्षेत्रमा हल्का वर्षा भए पनि पूर्व–पश्चिम राजमार्ग बारम्बार अवरुद्ध भइरहेको छ। ४० घण्टापछि दाउन्ने खण्ड अस्थायी रूपमा खुल्यो, तर सडक हिलाम्य र चिप्लो भएकाले समस्या भइरहेकै छ। विनयी खोलामा डाइभर्सन भत्कने जोखिम छ र पुल भासिएको छ। सडक आयोजना प्रमुखका अनुसार बर्खा सुरु भइसकेकाले अब मर्मतबाहेक काम गर्न सकिँदैन। बिहीबार गिट्टी बालुवा हालेर सडक चलाउने प्रयास गरिएको छ। सडक विभागले वर्षा रोकिएपछि दशैंअघिसम्म सबै काम सक्ने दाबी गरेको छ। दाउन्ने खण्डमा हाल ७० प्रतिशत काम सम्पन्न छ।