कञ्चनपुरको बेदकोट नगरपालिका भाँसी–टकुलिया सडक निर्माण कार्यमा स्थानीयहरू विरोधमा उत्रिएका छन्। स्थानीयले निर्माण गरिएको कालोपत्रे सडक गुणस्तरीय नभएको र ढलसहितको काम कमजोर भएको आरोप लगाएका छन्। उनले निर्माण व्यवसायी र सम्बन्धित निकायले काममा ध्यान नदिँदा काम ठप्प पारेर आन्दोलन थालेका छन्। निर्माण कम्पनीले भने मापदण्डअनुसार काम भइरहेको र समस्या भए मर्मत गर्ने बताएका छन्। संघीय कार्यालयले प्राविधिक परीक्षण गरिरहेको र काम सही भए नभएको रिपोर्ट आउने बताएको छ। वडाध्यक्षले गुणस्तरको ध्यान राख्न आग्रह गरेका छन्।