ग्वार्को ओभरपास सञ्चालनमा

ग्वार्को ओभरपास साढे तीन वर्षमा निर्माण सम्पन्न भई आज शुक्रबारदेखि सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गरेका हुन्। चक्रपथको व्यस्त स्थानमा बनेको यस ओभरपासले सवारी जाम कम गर्ने अपेक्षा गरिएको छ।

सवारीचालकले अब ओभरपासबाट सहज यात्रा गर्न सक्नेछन् भने मंगलबजार–इमाडोलतर्फ जान चाहने गाडीले ओभरपासमुनिको सडक प्रयोग गर्नेछन्।

ओभरपासबाट निजी तथा अन्य सवारीसाधन चल्नेछन्, तर यात्रुबाहक गाडीले अहिलेको लेन नै प्रयोग गर्नुपर्नेछ।

२०७८ फागुन १२ मा दुई वर्षमै काम सक्ने सम्झौता भए पनि डिजाइनमा समस्या आएपछि निर्माण ढिला भएको थियो।

जमिनमुनिको माटो फरक परेपछि डिजाइन फेरिएको थियो।

ओभरपासको निर्माण तीन कम्पनीको संयुक्त लगानीमा १७ करोड ६ लाख रुपैयाँमा भएको हो।

ईपीसी मोडलमा बनेको यो संरचनाको ढिलाइका कारण निर्माण कम्पनीलाई १ करोडभन्दा बढी हर्जाना तिर्नुपर्ने देखिएको छ।

हालसम्म सरकारले ४५ प्रतिशत मात्र भुक्तानी दिएको छ। ओभरपास पूर्ण रूपमा तयार भए पनि केही सीसी क्यामेरा र बत्तीको काम बाँकी रहेको छ।

पुल ३५ मिटर लामो र ४ लेनको छ, अप्रोच सडक कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८० मिटर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *