Skip to content
बीवाईडी ब्रान्डका विद्युतीय कार आयात गर्दा करछली भएको पाइएको छ।
बीवाईडीको नेपालका बिक्रेता साइमेक्स इंकले रसुवागढी नाकाबाट कार आयात गर्दा सडक मर्मत दस्तुरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको देखिएको छ।
महालेखा परीक्षकको कार्यालयले दुई आर्थिक वर्षको विवरण विश्लेषण गर्दा १० करोड ३७ लाख रुपैयाँभन्दा बढी कर छुट भएको उल्लेख गरेको छ।
आर्थिक ऐन र भ्याट ऐन अनुसार सवारीसाधन आयात गर्दा लाग्ने सबै दस्तुर, महसुलमा भ्याट जोडिनुपर्ने भए पनि सडक मर्मत दस्तुरमा भने त्यो नलागेको पाइएको हो।
यो त्रुटिको कारण डिजिटल प्रणालीमा भएको कोडिङ गल्ती भएको बताइएको छ।
भन्सार विभागको पुराना निर्णय र नियम अनुसार पनि सबै शुल्कमा कर जोडेर मूल्य निर्धारण गर्नुपर्ने प्रष्ट छ।
महालेखाको रिपोर्टपछि भन्सार कार्यालयमा थप दबाब सिर्जना भएको छ।
साथै, अन्य सवारी साधन आयातमा पनि यस्तै प्रकारको करछली भएको हुनसक्ने आशंका गरिएको छ।
सरकारले अब छुटिएको कर असुल गर्नु पर्ने महालेखाको सिफारिस छ।
Post Views: 195