पहिरोले अवरुद्ध भएको विपी राजमार्ग एकतर्फ सञ्चालनमा आएको छ ।
काभ्रेको पात्लेखेतमा खसेको लेदो सहितको पहिरो पन्छाएसँगै विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरूद्ध विपी राजमार्ग सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए ।
विपी राजमार्ग अन्तर्गतको पात्लेखेतमा लेदो सहितको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।
घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक दुई तर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।