Skip to content
कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
बुधबार घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ७०९७ नम्बरको ट्याक्टरबाट खसेर २५ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो।
हरिनगरबाट सुखड तर्फ आउदै गर्दा चौधरी ट्याक्टरबाट उनी खसेका थिए ।
ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।
प्रहरीले ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको छ।
Post Views: 262