सडकलाई झन्डै साढे ४ अर्ब बजेट

भौतिक मन्त्रालयका अनुसार यस आयोजना अन्तर्गतका योजनाले यस वर्ष ४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बजेट पाउने छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गतका योजनालाई झन्डै साढे ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस आयोजना अन्तर्गतका योजनाले यस वर्ष ४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बजेट पाउने छन् ।

सरकारले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा यस्ता आयोजना सञ्चालन गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा निर्वाचन क्षेत्र रणनीतिक सडक शिलान्यास गरेका थिए ।

हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको यो आयोजनालाई सरकारले स्रोत सुनिश्चितताविना नै सुरु गरेको थियो ।

सोहीकारण हरेक वर्ष आयोजनाले पाउने थोरै बजेटका कारण प्रभावकारी काम हुन सकेको छैन ।

यो आयोजना अन्तर्गतको सडकको कुल लम्बाइ २ हजार २ सय १० किलोमिटर हुन आउँछ । यो सडक कालोपत्र गर्ने योजना छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्रमा कति ?

यस आयोजना अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा–५ मा सबैभन्दा धेरै ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

झापा–१ मा २५ लाख, झापा–२ मा ३ करोड, झापा–३ मा २५ लाख र झापा–४ मा समेत २५ लाख विनियोजन गरिएको छ ।

उता, अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ मा समेत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा समान ३ करोड बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *