कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान गरिएको छ।
भीमदत्त नगरपालिकाले राजमार्गदेखि बजार क्षेत्रमा सडक बत्ती जडान गरेकोे होे ।
उज्यालो भीमदत्त बनाउने अभियान अन्र्तरगत पुर्वपश्चिम महेन्द्रराजमार्ग सहित बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको जनाएको छ ।
भीमदत्त नगरका मेयर पदम बोगटी यात्रु नागरिक सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएकोे बताए ।
‘हामीले भीमदत्तलाई उज्याँलो बनाउने अभियान अघि सारेका छौँ, ‘मेयर बोगटीले भने, ‘जस अनुरुप पहिलो चरणअन्तर्गत भाँसीको काङलापुलदेखि ट्राफिकचोकसम्म एक सय १७ बत्ती जडान गरिसकेका छौँ ।
बजार क्षेत्रमा क्षेत्रीय शहरी विकास परियोजनामार्फत बत्ति जडान गरिएको छ ।’
मेयर बोगटीले बिहान विद्यार्थीदेखि साँझ यात्रुको सुरक्षाका लागि उज्यालो दिन खोजिएको बताए ।
‘बिहानै विद्यार्थी कलेज आउँछन, सडकमा अध्याँरो हुन्छ, अध्याँरोले आउन जान समस्या हुन्थ्यो, ‘मेयर बोेगटीले भने, ‘साँझ सवारी साधन दुर्घटनाबाट बचाउन सडक बत्ती काम लागेको छ ।’
मेयर बोगटीले क्रमिक रुपमा भीमदत्त नगरको पुरै राजमार्ग गड्डाचौकी सहित नगरका मुख्य चोक गाँउबस्ती, भिडभाड हुने, सार्वजनिक स्थलमा समेत जडान गर्ने बताए ।
बजारदेखि राजमार्ग क्षेत्रमा सडक बत्तीले महेन्द्रनगर बजार झिलिमिली भएको छ। बजारमा झिलिमिली उज्यालो भएपछि विद्यार्थी, सर्वसाधारण, यातायातका सवारी साधनलाई यात्रा गर्न सहज भएको स्थानीयको भनाइ छ ।
नगरबासीले थप बत्ती जडान गर्नुपर्नेमा सुझाव दिएका छन् ।