Skip to content
पूर्वी तराईका जिल्ला जोड्ने बीपी राजमार्ग पुग्न पहिला सूर्यविनायक–धुलिखेल सडक छिचोल्नु पर्छ ।
यो सडक छिचोल्न चालक र यात्रुलाई सधै हम्मे–हम्मे पर्छ । विस्तारका लागि भन्दै अहिले सडक भत्काइएको छ ।
जसले गर्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सास्ती थपेको छ । विस्तार थालिएको भक्तपुरतर्फ अझ बढी समस्या छ ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार थालेको २९ महिना बित्यो । तर, अहिलेसम्म निर्माण प्रगति ४७ प्रतिशत मात्र छ ।
दुई जिल्ला काभ्रे र भक्तपुर जोड्ने कुल सडकको दूरी १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
जसमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । जुन खण्डको दूरी हो, ७.५ किमि हो ।
उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले २०७९ पुस २४ मा लिएको हो ।
जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म मात्र ।
बर्खाले गर्दा तोकिएकै समयमा काम गर्न गारो हुने देखिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।
अर्को खण्ड हो, साँगा–धुलिखेल । जुन खण्डको दूरी ८.३ किमि छ । यस खण्डको धुलीखेलमा एक किमि दोस्रो तहको सडक कालो पत्र भइसकेको छ ।
उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो ।
यस खण्डको निर्माण प्रगति ४८ प्रतिशत छ भने म्याद २०८२ मंसिर २७ सम्म रहेको आयोजनाले जनायो ।
Post Views: 309