प्रथम अटो व्यवसायी दिवस सम्पन्न

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा वृहत रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

संघका सदस्यहरुले बिहान प्रभातफेरी गर्दै शुरुवात गरिएको कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कोइरालाले प्रत्येक वर्ष जेठ २६ गतेलाई ‘अटो व्यवसायी दिवस’का रूपमा मनाउने निर्णय गरिएको उल्लेख गरे ।

उनले सेकेन्ड ह्याण्ड अटोमोबाइल्समा संलग्न सम्पूर्ण व्यवसायीहरूलाई एकताको सूत्रमा आबद्ध गराउँदै अटो व्यवसायीको अधिकार, हित र पहिचान प्रवद्र्धन गर्न यो दिवसले सशक्त माध्यमको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको संघका सल्लाहकार रुद्र ढुंगेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *