चीन सरकारले नयाँ गाडी खरिदलाई प्रोत्साहन दिन थालेपछि मे महिनामा १९.३ लाख सवारी बिक्री भएको छ, जुन अघिल्लो वर्षको समान महिनासँग तुलना गर्दा १३ % वृद्धि हो ।
यस वर्षको पहिलो पाँच महिनामा चीनमा करिब ४१ लाख नयाँ सवारी बिक्री भएका छन्, विशेष गरी इलेक्ट्रिक सवारी (इभी) मा उल्लेखनीय वृद्धि भएको देखियो ।
मे महिनामा ११.७ लाख इभी उत्पादन र १०.२ लाख विक्री भएको थियो ।
यसै अवधिमा कुल ८८ लाख सवारी बिक्री भएको रहेछ, जुन बितेको वर्षको तुलनामा ९ % बढी हो ।
सरकारले पुराना गाडी फेरेर नयाँ गाडी किन्नेलाई छुट दिने स्किमलाई पनि विस्तार गरेको छ, जसले उपभोक्तालाई आकर्षित गरेको अनुमान गरिएको छ ।