ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवस र आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर १८,००० बिरुवा रोप्ने लक्ष्यसहित वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।
बैंकले कैलालीको लम्कीचुहा नगरपालिकामा १,००० कागतीका विरुवा मुख्यमन्त्री कमलबहादुर शाह र बैंकका सीईओ सुरेन्द्रराज रेग्मीको उपस्थितिमा रोपेको छ।
त्यस्तै, काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकमा ३०० विरुवा रोपिएको छ।
बैंकले देशभर विभिन्न स्थानहरूमा यस्तो वृक्षारोपण गरेको छ:
कोशी प्रदेश: ३,७०० विरुवा
मधेश प्रदेश: ५,०५० विरुवा
बागमती प्रदेश: २,३०० विरुवा
गण्डकी प्रदेश: २,१०० विरुवा
लुम्बिनी प्रदेश: १,५०० विरुवा
कर्णाली प्रदेश: ७०० विरुवा
सुदूरपश्चिम प्रदेश: २,०८६ विरुवा
बैंकले सामुदायिक बन, विद्यालय, अस्पताल परिसर र सार्वजनिक स्थानहरूमा वृक्षारोपण गरेर सहरको सौन्दर्यकरण र वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
यसले जलवायु परिवर्तन न्यूनीकरण र स्थानीयको आयआर्जनमा पनि सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।
ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा पुर्याउँदै आएको छ। बैंकले रेमिट्यान्स सेवा पनि विभिन्न देशहरूबाट प्रदान गर्दै आएको छ।
बैंकलाई २०२४ मा ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड र युरोमनी एक्सेलेन्स अवार्डसमेत प्राप्त भएको छ।