बीपी राजमार्ग फेरि जोखिममा

मनसुनसँगै बीपी राजमार्गमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। काभ्रेको चौकीडाँडा लगायतका ठाउँमा बाढीपहिरोको खतरा छ।

सडक हिलाम्य र चिप्लो भएकाले गाडी पल्टिने घटना दोहोरिइरहेका छन्। असोजमा आएको बाढीले १२ किमि सडक बिगारेको थियो।

सडक डिभिजनले केही ठाउँमा सुधार गरिए पनि भारी वर्षाले फेरि क्षति पुर्‍याउने डर छ। हाल अस्थायी सडक प्रयोग भइरहेको छ।

सिन्धुलीदेखि काठमाडौं माइक्रो चलाउने चालकले ६ घण्टासम्म लाग्ने गुनासो गरेका छन्।

पुनर्निर्माणका लागि ७.५ अर्ब रुपैयाँ काभ्रे खण्ड र १ अर्ब सिन्धुली खण्डमा विनियोजन गरिएको छ। ठेक्का प्रक्रिया अघि बढेको भए पनि यो बर्खायाममा काम सुरु नहुने सडक डिभिजनको भनाइ छ।

खराब सडकका कारण होटल व्यवसायमा पनि असर परेको छ। पहिले सात हजार सवारी चल्थे, अहिले घटेर चार हजार भएका छन्।

सरकारले बजेट त दिएको छ, तर काम कति हुन्छ भन्ने अझै हेर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *