Skip to content
महिन्द्राका दुई नयाँ विद्युतीय गाडीहरू—BE6 र XUV9—नेपाल आएका छन्।
यी गाडीहरू नेपालका विभिन्न भूभागमा १० देखि १२ हजार किलोमिटर परीक्षण गरिनेछ। परीक्षणपछि मात्र बिक्री सुरु हुनेछ।
BE6 का दुई मोडेल छन्, जसको मूल्य क्रमशः ७६ लाख ३० हजार र ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
XUV9 का तीन मोडेल छन्, जसको मूल्य ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। बिक्रीमा मूल्य घट्न सक्छ।
दुवै गाडीमा ९९ किलोवाटको मोटर छ, जबकि XUV9 को एक मोडेलमा १९९ किलोवाटको मोटर छ। ब्याट्री क्षमता ५९ किलोवाटदेखि ७९ किलोवाटसम्म छ।
यी गाडीहरू नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले ल्याएको हो। परीक्षण सफल भएपछि बजारमा उपलब्ध हुनेछन्।
Post Views: 714